लागूऔषध सहित पक्राउ

काठमाडौं । भोक्राहा नरसिंह गाउँपालिका-४ बाट नियन्त्रित लागूऔषध डाईलेक्स डि.सि २१ बोतल, स्पास्मो प्रोक्सिभन १ सय ४१ क्याप्सुल र नाईट्रोसन ३७ ट्याबलेट सहित सोही गाउँपालिका-८ बस्ने शिव शंकर मेहतालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले भारतबाट नेपाल आउँदै गरेका मेहतालाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
साथै सोही कार्यालयबाट खटिएको प्रहरीले बर्जु गाउँपालिका-३ बाट नियन्त्रित लागूऔषध डाईलेक्स डि.सि ५९ बोतल, स्पास्मो प्रोक्सिभन १२ क्याप्सुल र नाईट्राभेट १० ट्याबलेट सहित मोरङ बिराटनगर घर भएका सन्तोष मण्डललाई समेत आइतबार दिउँसो पक्राउ गरेको छ ।