citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

चार महिनामा पौने ७ अर्ब रुपैयाँ बढीको विद्युतीय गाडी भित्रिए

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । चालु आर्थिक वर्षको ४ महिना कात्तिकसम्म पौने ७ अर्ब रुपैयाँ बढीको विद्युतीय गाडी भित्रिएका छन्।

भन्सार विभागका अनुसार यो ४ महिनाको अवधिमा ६ अर्ब ८३ करोड २७ लाख ५१ हजार रुपैयाँबराबरको २ हजार ७८७ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएको हो।

विद्युतीय गाडी आयातबाट सरकारले २ अर्ब ९६ करोड ९९ लाख रुपैयाँ राजस्व संकलन गरेको विभागको तथ्यांकले देखाउँछ।

कात्तिकसम्म २ अर्ब ३९ करोड ४२ लाख रुपैयाँको १ हजार २७९ वटा ५० किलोवाटसम्मको गाडी, ४ अर्ब ३० करोड ३२ लाख रुपैयाँको १ हजार ४८१ वटा ५० किलोवाटदेखि १०० किलोवाटसम्मको गाडी आयात भएका छन्।

यसैगरी पछिल्लो ४ महिनामा १०१ किलोवाटदेखि २०० किलोवाटसम्मको ६ करोड ६५ लाख रुपैयाँको १७ वटा र २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मको ६ करोड ८७ लाख रुपैयाँको १० वटा विद्युतीय गाडी आयात भएका छन्।

gold
himalayan life insurance long ad