citizens life insurance long ad
stcnepal long ad

युनिलिभर नेपाल लिमिटेडले अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको साझेदारी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । व्यक्तिगत हेरचाहका बस्तु उत्पादन गर्ने प्रतिष्ठित कम्पनि युनिलिभर नेपाल, आफ्नो सम्मानित ब्राण्डहरुका साथ अखिल नेपाल फुटबल संघ (एन्फा) सँग साझेदारी गरेर नेपालको राष्ट्रिय महिला फुटबल टिमको आधिकारिक प्रायोजक भएको सहर्ष घोषणा गरेको छ ।

यस उल्लेखनीय सहकार्यद्वारा युनिलिभर नेपालले नेपालभरी महिला फुटबलको विकासलाई बढावा दिँदै महिला सशक्तिकरण र लैङ्गिक समानताको आफ्नो प्रतिबद्धतामा अझ जोड दिएको छ ।

विभिन्न क्षेत्रहरुमा नेपाली महिलाहरुको योगदान बढ्दै गइरहेको वर्तमान परिपेक्षमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा राष्ट्रिय महिला फुटबल टोलीले पछिल्लो पुस्ताका महिला खेलाडीहरुमा बेग्लै छाप छोड्न सक्ने कुरालाई आत्मसात गर्दै युनिलिभर नेपालले खेलकुदमा महिलाको विकास र सशक्तिकरण र भविष्यमा पनि खेलकुदको क्षेत्रमा दिगो र सम्भावनाहरुको आधार तयार गर्न उल्लेखनीय योगदान पु¥याउन खोजेको छ ।

यस प्रायोजन मार्फत, युनिलिभर नेपालले सबै पक्षमा महिला फुटबल टोलीलाई सहयोग र प्रवद्र्धन गर्न नजिकबाट काम गर्नेछ । साथै उक्त टोली र महिला खेलाडीहरूको विकास र सफलतामा योगदान पु¥याउने एवम् आगामी पुस्ताका महिला खेलाडीलाई प्रोत्साहित गर्दै भविष्यमा अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई अग्र स्थानमा पु¥याउने लक्ष्य लिएको छ ।

युनिलिभर नेपाल, फुटबलमा मात्र नभई त्यसभन्दा बाहिर पनि सकरात्मक प्रभाव पार्न प्रतिबद्ध रहेको छ । युनिलिभर नेपालले आफ्ना विभिन्न परियोजना एवम् सन्देशहरुमार्फत न्याय, समानता र सामाजिक कल्याणको सशक्तिकरणमा बलियो अडान लिने गरेको छ ।

यस कम्पनीका ब्राण्डहरुः लाइफब्वाय(Lifebuoy) र डभ (Dove) ले , स्वच्छता, स्वास्थ्य, आत्म–सम्मानको प्रर्वधन गर्दै, समाजद्वारा निर्धारित सौन्दर्य मापदण्डलाई चुनौती दिनेकुरामा अग्रपङ्क्तिमा रहेका छन् ।

यी ब्राण्डहरुप्रतिको विश्वासलाई सदुपयोग गरेर युनिलिभर नेपालले, समुदायहरूलाई सशक्त बनाउन र महिला खेलाडीहरूको लागि दिगो परिवर्तन सृजना गर्न आफ्नो प्रयास सदैव जारी राख्नेछ ।

युनिलिभर नेपालको अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको साझेदारी नै युनिलिभर नेपालको नेपालमा सकारात्मक सामाजिक परिवर्तन र महिला सशक्तिकरणको लागि प्रतिबद्ध हुनुको सकारात्मक पक्ष हो ।

युनिलिभर नेपाल र अखिल नेपाल फुटबल संघ (एन्फा) एकसाथ उभिनाले खेलकुदमा महिलाहरूको लागि भविष्य अझ उज्यालो बनाउने र महिला फुटबल खेलाडीहरूको पुस्तालाई प्रेरित गर्छ भन्ने मुख्य लक्ष्य लिएको छ ।

IME Life
kumari