महिला फुटबल: नेपाल र बंगलादेशबीच दोस्रो खेल आज
काठमाडौँ । राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल आज खेल्दैछ ।मैत्रीपूर्ण खेलका लागि बंगलादेश भ्रमणमा रहेको नेपालले आज दोस्रो खेल खेल्न लागेको हो ।
एशियाडको तयारीमा रहेको नेपाल मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा रहेको छ । नेपालले बंगलादेशमा दुई मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ ।
नेपाली टिमलाई प्रशिक्षक अनन्तराज थापाले नेतृत्व गरेका छन् । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको थियो ।





















