citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

काभा महिला भलिबल : आज नेपाल र कजाकस्तान भिड्दै

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौँ । एनएससी काभा अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेञ्ज कपको सेममिफाइनल खेल आज हुँदैछन्। पहिलो सेमिफाइनलमा भारत र उज्वेकिस्तान भिड्नेछन् भने दोस्रोमा घरेलु टोली नेपालले कजाकस्तानसँग खेल्दैछ।

भारत र उज्वेकिस्ताबीचको पहिलो सेमिफाइनल दिउँसो साढे २ बजे तथा नेपाल र काजकिस्तानबिचको दोश्रो सेमिफाइनल खेल साँझ ५ बजे शुरु हुनेछ।

नेपाल आज कजाकस्तानलाई हराएर फाइनल पुग्ने योजनामा रहेको छ । नेपाल समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

कजाकस्तान पनि नेपाललाई हराएर उपाधि नजिक पुग्न चाहन्छ । कजाकस्तान समूह बी को विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तानको सहभागिता रहेको छ ।

himalayan life insurance
igi long