citizens life insurance long ad
stcnepal long ad

मेस्सी चम्कँदा पिएस

Nimb long ad
Prabhu Insurance Long Ad

अर्जेन्टिनी कप्तान तथा फरवार्ड लियोनेल मेस्सीले एक गोलसँगै असिस्ट प्रदान गरेपछि शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानमा सहज जित दर्ता गरेको छ ।

पिएसजीले घरेलु टोली नाइसमाथि २–० को सहज जित हात पारेको हो । एक गोल डिफेन्डर सर्जियो रामोसको नाममा रह्यो ।मेस्सीले पहिलो हाफमा तथा रामोसले दोस्रो हाफमा गोल गर्दै पिएसजीलाई सहज जित दिलाए ।

एलिएन्ज रिभिइरा नाइसमा शनिबार राति भएको खेलको २६औं मिनेटमा मेस्सीको गोलबाट पिएसजीले पहिलो हाफमा १–० को अग्रता लिन सफल भयो । मेस्सीले नुनो मेन्डेसको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि ७६औं मिनेटमा डिफेन्डर रामोसले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । उनले मेस्सीकै पासमा गोल गर्न सफल भएका थिए ।

पिएसजीसँगको हारसँगै नाइसको १५औं खेलमा अपराजित यात्रामा पूर्णविराम लागेको छ । ७ जनवरी २०२३ मा कप डि फ्रान्समा ले पुईसँग १–० ले पराजित भएयता नाइस १४ खेलसम्म अपराजित रहेको थियो । जसमा ८ जित र ६ बराबरीको नतिजा रहेको थियो ।

यस जितसँगै पिएसजीले शीर्षस्थानमा ६ अंकको स्पष्ट अग्रता कायम गरेको छ । पिएसजीको ३० खेलबाट ६९ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा रहेको लेन्सको ६३ अंक छ । पराजित नाइस ४५ अंक जोडेर आठौं स्थानमाजीको जित

IME Life
kumari