बेन्जेमाको ह्याट्रकिकमा बार्सिलोनालाई हराउँदै रियल कोपा डेल रेको फाइनलमा
करिम बेन्जेमाको ह्याट्रिक मद्दतमा बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ ।
बार्सिलोनाको मैदानमा बुधबार राति भएको सेमिफाइनल दोस्रो लेगको खेलमा रियलले बार्सिलोनालाई ४–० ले हराउँदै समग्रमा ४–१ को जित निकालेको हो ।
यसअघि घरेलु मैदानमा भएको पहिलो लेगमा रियल बार्सिलोनासँग १–० ले पराजित भएको थियो । तर दोस्रो लेगमा रियलले सानदार प्रदर्शन गर्दै जित निकालेको हो ।
रियलका लागि पहिलो हाफको इन्जुरी टाइममा भिनिसियस जुनियरले बेन्जेमाकै पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।





















