आगामी जेठमा क्यानको निर्वाचन हुने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन आगामी जेठमा हुने भएको छ । पोखरामा बसेको क्यानको बोर्ड बैठकले जेठमा निर्वाचन गर्ने निर्णय गरेको हो ।
निर्वाचनको मिति भने सुर्खेतमा आगामी फागुन १४ र १५ गते हुने साधारणसभाले तय गर्नेछ ।
यस्तै नेपाल टी(ट्वान्टी लिगको गर्भनिङ काउन्सिका अध्यक्ष समेत रहेका क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले लिगमा विभिन्न विवादका कारण आलोचनापछि मंगलबार पोखरामा भएको बोर्ड बैठकमा राजीनामा दिएका छन् ।
त्यस्तै, बोर्ड बैठकले बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ ।
१८ माघ २०७९, बुधवार १०:२० बजे प्रकाशित