stcnepal long ad
ime life insurance
national life
global ime bank long

धरान फुटबल क्लवले आहारारा पोखरा गोल्डकपको २२ औं संस्करणकमा विजयी शुरुवात

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रकाश बुढाथोकीको निर्णायक गोलमा धरान फुटबल क्लवले आहारारा पोखरा गोल्डकपको २२ औं संस्करणकमा विजयी शुरुवात गरेको छ ।

बिहीबार पोखरा रंगशालामा भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सुखद् शुरुवात गर्दा धरानले १२ वर्षपछि पोखरा रंगशालामा जित निकाल्न सफल भएको हो ।

धरानलाई जित दिलाउन  प्रकाशले  खेलको पाँचौँ मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका थिए । यस जितसँगै धरानले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

धरानले शनिबार हुने क्वार्टरफाइनलमा साविकको विजेता नेपाल एपिएफ क्लबकोसँग प्रतिष्पर्धा गर्ने छ ।

खेलको चौथो मिनेटमा धरान फुटबल क्लबले पाएको फ्रिकिक अवसरलाई नै गोलमा परिणत भएपछि धरानले सहारा क्लबमाथि ऐतिहासिक जित दर्ता गर्‍यो । सहाराका भावगत चौधरीले डिबक्सबाहिर फउल गरेपछि धरानले फ्रिकिकको अवसर प्राप्त गर्‍यो ।

चौधरीले प्रकाश बुढाथोकीलाई लडाएपछि पाएको फ्रिकिकमा बुढाथोकीले नै गोल गरेका हुन् । गोल्डकपको दोस्रो दिन पुस १५ गते शुक्रबार नेपाल पुलिस क्लब र चर्च ब्वाईजबीच प्रतिष्पर्धा हुने छ ।

IME Lifesidebar
kumari