stcnepal long ad
ime life insurance
national life
global ime bank long

फिफा विश्वकप २०२२ का क्‍वाटरफाइनल खेलहरु आजबाट सुरु हुँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

कतारमा जारी फिफा विश्वकप २०२२ को क्‍वाटरफाइनलका खेलहरु आजबाट सुरु हुँदैछन् । ३२ राष्ट्र सहभागी फिफा विश्वकपमा समूह चरण र अन्तिम सोह्रको नकआउट चरण पार गर्दै ५६ खेल समाप्त हुँदा अब बाँकी अन्तिम आठ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

उपाधी दावेदारको रुपमा आफूलाई प्रस्तुत गर्ने आठ राष्ट्रहरुमा ब्राजिल पाँच पटकको विश्व विजेता हो भने अर्जेन्टिना दुई पटकको विजेता हो । त्यसैगरी साविक विजेता फ्रान्स पनि दुईपटकको विश्व च्याम्पियन बनिसकेको छ भने इङ्ल्याण्ड एकपटकको विश्व च्याम्पियन हो । बाँकी चार राष्ट्र भने नयाँ इतिहास रच्‍ने दाउका साथ मैदानमा उत्रदैछन् ।

फुटबलको महानायकको रुपमा चिरपरिचित क्रिष्टियानो रोनाल्डो आफ्नो कप्तानीमा पहिलोपटक पोर्चुगललाई उपाधी दिलाउन चाहन्छन् ।

त्यसैगरी अफ्रिकाबाट चौथो राष्ट्रको रुपमा विश्वकपमा सहभागि जनाएको मोरक्को यो छैटौं क्‍वाटर फाइनल यात्रा हो ।

फिफा विश्वकप २०२२ को पहिलो क्‍वाटर फाइनलको खेलमा आज पाँचपटकको विश्वविजेता ब्राजिलले साविक उपविजेता क्रोएसियासँग प्रतिस्पर्धा गर्दैछ । यो खेल बेलुकी ८.४५ बजे अल रायन रंगशालामा खेलिंदैछ ।

त्यसैगरी दोस्रो क्‍वाटर फाइनल खेल दुईपटकको विश्वविजेता अर्जेन्टिना र विश्वकप उपाधीको खोजीमा रहेको नेदरल्याण्ड्सबीच हुँदैछ । यो खेल कतारको लुसाइल आइकोनिक रंगशालामा मध्यराती १२.४५ बजेबाट सुरु हुँदैछ ।

IME Lifesidebar
kumari