citizens life insurance long ad
stcnepal long ad

सन् २०२२ को फिफा विश्वकपका लागि ब्राजिल र अर्जेन्टिना प्रबल दावेदारः क्लिन्सम्यान

Nimb long ad
Prabhu Insurance Long Ad

जर्मनीका पूर्व प्रशिक्षक जर्गेन क्लिन्सम्यानले अर्जेन्टिना र ब्राजिलले सन् २०२२ को फिफा विश्वकपसँगै आउने अनिश्चिततालाई अन्य समूहको तुलनामा राम्रोसँग सम्हाल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

५८ वर्षीय क्लिन्सम्यानले सिन्ह्वालाई दिएको अन्तर्वार्तामा भन्नुभयो, “ब्राजिल र अर्जेन्टिनाले निकै सफल छनोट अभियान खेलेका छन् । उनीहरूले पनि अघिल्लो विश्वकपमा भन्दा राम्रो प्रदर्शन गर्न सक्ने महसुस गरिएको छ ।”

अर्जेन्टिनाको सन्दर्भमा, क्लिन्सम्यानले सुपरस्टार लियोनल मेसीले उच्च महत्वाकांक्षा निर्माण गर्ने अपेक्षा गर्नुभएको छ । सम्भवतः ३५ वर्षीय मेसीले आफ्नो विश्वकप खेलको अन्तिम प्रस्पिर्धामा भाग लिनुहुनेछ ।

कतारको प्रतियोगितामा सहभागी टोलीले अप्रत्याशित चुनौतीको सामना गर्नुपर्नेछ । “हामी अहिले मूल्याङ्कन गर्न सक्दैनौं तरपनि म ब्राजिल र अर्जेन्टिनाले यो बर्ष राम्रो प्रदर्शन गर्नेमा विश्वस्त छु ।”

सन् १९९० को विश्वकप फुटबलका च्याम्पियनले भन्नुभयो, कतारको यो प्रतियोगिताले दुबै टिमका लागि अहिलेसम्म अज्ञात सरप्राइजको माग गरिरहेको छ ।

सन् १९९६ को युरोपियन च्याम्पियनले दक्षिण अमेरिकाका दुवै राष्ट्र ‘उपाधि जित्नका लागि’ उच्च लयमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “उनीहरू मेरो मनपर्ने समूह हुन् ।”

बायर्नका पूर्व प्रशिक्षकको दृष्टिकोणबाट हेर्ने हो भने यदि क्रिस्टियानो रोनाल्डोले आफ्नो क्लब म्यानचेस्टर युनाइटेडसँग यस सिजनको कठिनाइलाई बिर्सन सके भने २०१६ को युरोपियन च्याम्पियन पोर्चुगल प्रतियोगिताको आश्चर्यको भूमिकामा पर्न सक्छ ।

उहाँले भन्नुभयो, “यदि कुनै आश्चर्य छ भने, मलाई लाग्छ, यो पोर्चुगल हुन सक्छ ।” टोटनह्याम र इन्टर मिलानका पूर्व स्ट्राइकरहरूले ब्राजिल र अर्जेन्टिना यसअघिका चार प्रतियोगिताको कुरा गर्दा युरोपियन जितको शृङ्खला तोड्न आतुर रहेको टिप्पणी गरेका छन् ।

कतारमा सफलताको निर्धारक टोलीको प्रारम्भिक समूहका खेलहरूलाई मान्न सकिन्छ । उनीहरूले भने, “सुरुआतमा जित हात पार्दा केही हदसम्म सफलताका लागि सहजता हुन सक्छ र आफ्नो काँधमा रहेको दबाब कम गर्न सकिन्छ ।”

जर्मन टोलीको बारेमा, क्लिन्सम्यानले टोलीको नवगठित समूहको डिफेन्स प्राप्त गर्नसकेमा जर्मनी प्रतिस्पर्धाको अर्को दाबेदार भएपनि खेललाई लयमा ल्याउन केवल एक हप्ताको छोटो अवधिमात्र जर्मनीसँग उपलब्ध छ ।

सन् २०१८ मा रूसमा भएको विश्वकपमा खराब प्रदर्शनका कारण कुनै पनि ठूलो प्रतियोगिता चलिरहेको बेला जर्मनीले सधैं राम्रो गर्छ भन्ने बुझाई हराउँदै गएको छ ।

यद्यपि, क्लिन्सम्यानका अनुसार, “जापानविरुद्ध जर्मनीले सन् २०१८ पछि पहिलो बदला लिन सक्छ ।” सन् २०१४ मा उपाधि जितेयता संघर्ष गरिरहेको जर्मनीका लागि सन् २०२२ को प्रतियोगिता पुनः सुरु गर्ने अवसर हो ।

पछिल्ला वर्षहरूमा जापानले गरेको सुधारका कारण राष्ट्रिय प्रशिक्षक हान्सी फ्लिकको टोलीका लागि यो खेल कठिन अवसर बनेको छ ।(

IME Life
kumari