नेपाली क्रिकेट टिमको कप्तानमा रोहित पौडेल नियुक्त
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहितकुमार पौडेललाई नियुक्त गरेको छ।
शुक्रबार क्यानले रोहिलाई कप्तानको जिम्मेवारी दिएको हो। बलात्कारको आरोप लागेपछि निलम्बनमा परेका कप्तान सन्दीप लामिछाने अहिले पुर्पक्षका लागि कारागारमा छन्।
शुक्रबार क्यानले उपकप्तान पौडेललाई कप्तानको जिम्मेवारी दिएको हो। रोहितको कप्तानीमा नेपालले पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ। घरेलु मैदानमा यूएईसँग उक्त सिरिज नोभेम्बर १४ बाट हुनेछ।

























