citizens life insurance long ad
stcnepal long ad

साबा महिला च्याम्पियनसिपमा नेपाल पराजित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पराजित भएको छ ।

माल्दिभ्सको राजधानी मालेमा आइतबार भएको खेलमा नेपाललाई आयोजक टोली माल्दिभ्सले पराजित गरेको हो । सदिना श्रेष्ठको कप्तानीमा रहेको नेपाललाई माल्दिभ्सले ५१–४७ ले पराजित गरेको छ ।

रोमाञ्चक खेलको अन्तिम २ मिनेटमा माल्दिभ्सले उत्कृष्ट पुनरागमन गर्दै नेपालविरुद्ध जित निकालेको हो । अब नेपालले दोस्रो खेलमा मंगलबार श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ ।नेपालले  अन्तिम  खेलमा बुधबार भुटानसँग खेल्नेछ । प्रतियोगितामा ४ राष्ट्र सहभागी भएका छन् ।

IME Life
kumari