stcnepal long ad
himalayan Everest Insurance long ad
Himalayan bank

म्यानचेस्टर युनाइटेड ब्राइटनसंग ४–० ले स्तब्ध

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति ब्राइटनसँग म्यानचेस्टर युनाइटेड स्तब्ध बनेको छ ।

ब्राइटनको घरेलु मैदानमा भएको खेलमा कुनै पनि समय युनाईटेडले प्रभाव जमाउन सकेन । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो समेत गोलबिहिन रहे ।

ब्राइटनलाई जिताउन जोसुवा डासिल्भा, माथिअस जेनिस, बेन मी र बायर्न एमबेउमोले समान एक एक गोल गरे । ब्राइटनले सुरुवाती ३५ मिनेटमै ४–० को अग्रता बनाएको थियो ।

जितपछी ब्राइटन २ खेलबाट ४ अंक जोड्दै तेस्रो स्थानमा छ । लगातारको हारसँगै युनाइटेड पुछारमा छ ।

यस्तै, गय राति नै भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटी र आर्सनलले सहज जित निकालेका छन् ।

सिटीले घरेलु मैदानमा बर्नेमाउथलाई ४–० ले पराजित गर्यो । लगातार दोस्रो जित निकाल्ने क्रममा आर्सनलले लेस्टर सिटीलाई ४२ ले हरायो ।

यस्तै, अन्य खेलमा साउथह्याम्पटन र लिड्स युनाईटेडले २(२, ब्राइटन र न्युकासल तथा उल्भ्स र फुलहमले गोलरहित बराबरी खेले ।

 

himalayan life insurance
igi long