citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

एन्फा निर्वाचन: नेम्बाङ समूहको उम्मेदवारी दर्ता

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को  आगामी  असार ६ मा हुने निर्वाचनका लागि अध्यक्ष पदका लागि उम्मेदवारी दिएका पंकजविक्रम नेम्वाङ समूहले उम्मेदवारी दर्ता गराएको छ ।

वर्तमान वरिष्ठ उपाध्यक्ष नेम्वाङले अध्यक्ष पदमा शुक्रबार नै उम्मेदवारी गर्दा गराइसके पनि उनको प्यानलका अन्यले आज बुधबार निर्वाचन समितिमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

 

नेम्वाङ पक्षको उम्मेदवारी घोषणा कार्यक्रममै वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष वीरबहादुर खड्कालाई उठाउने घोषणा गरिएको थियो । त्यही अनुसार खड्काले बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा रहेको निर्वाचन समितिको कार्यालयमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराए ।

यसैगरी चार उपाध्यक्ष पदका लागि नेम्वाङ प्यानलबाट एनआरटी क्लबका सुन्दरनरसिंह जोशी, काठमाडौं जिल्ला फुटबल संघका विराटजंग शाही, प्लानिङ ब्वाइज युथ क्लबका दावा लामा र धादिङ जिल्ला फुटबल संघका दीपक खतिवडाले उम्मेदवारी दर्ता गराए ।

१३ खुल्ला सदस्य पदका लागि ललितपुर जिल्ला फुटबल संघका पुरुषोत्तम थापा, भोजपुर जिल्ला फुटबल संघका प्रविण सुवाल, रौतहटका नेपाल कार्की, धनुषाका तपेश्वर राउत, काभ्रेका विकासनारायण श्रेष्ठ, जावलाखेल युथ क्लबका महेन्द्र क्षेत्री र मनाङ मर्स्याङदी क्लबका विजय घलेले आजै उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

नेम्वाङ प्यानलबाट यसअघि नै बाँके जिल्ला फुटबल संघका भोजराज शाही, सुर्खेत जिल्ला फुटबल संघका रविन्द्र चन्द र कैलाली जिल्ला फुटबल संघका अनिल मल्लले सदस्यमा उम्मेदवारी दर्ता गराइसकेका थिए ।

आगामी चार वर्षे कार्यकालका लागि ६ असारमा हुने निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले पनि प्यानलसहित उम्मेदवारी दर्ता गराइसकेका छन् । यसैगरी फ्रेन्ड्स क्लबका राजीव पौड्यालले पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

himalayan life insurance
igi long