citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

एन्फा अध्यक्षमा पंकज नेम्वाङको उम्मेदवारी

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी असार ६ गते हुने निर्वाचनका लागि एन्फा वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङले अध्यक्ष पदमा शुक्रबार उम्मेदवारीको घोषणा गर्नु भएको छ ।

वरिष्ठ उपाध्यक्ष नेम्वाङले विभिन्न जिल्लाका सदस्य र केही एन्फा पदाधिकारीको उपस्थितिमा शुक्रबार आयोजित पत्रकार सम्मेलनबाट अध्यक्षमा उम्मेदवारीको घोषणा गर्नु भएको हो ।

 

उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै नेम्बाङले वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले फुटबलको मर्म अनुसार नेपाली फुटबललाई अगाडि बढाउन नसकेको भन्दै फुटबल चलाउने योजना आफूसँग रहेको भन्दै उम्मेदवारीको घोषणा गरेको बताउनु भयो ।

एन्फाको अहिलेको नेतृत्वले पारदर्शिता र भ्रष्ट्राचारमा शून्य सहनशीलता विपरीत कार्य भइरहेको आरोप लगाउँदै वर्तमान अध्यक्ष असक्षम भएको उहाँले बताउनु भयो ।

यस्तै शुक्रबारकै पत्रकार सम्मेलनमा विरबहादुर खड्काले नेम्बाङलाई सहयोग गर्न वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको घोषणा गर्नु भयो । पत्रकार सम्मेलनमा खड्काले आफूलाई खेलाडीहरुले नै चुनावमा उठ्न प्रोत्साहन गरेको भन्दै उम्मेदवारी दिएको बताउनु भयो ।

असार ६ गते हुने चुनावका लागि जिल्ला, संघ, क्लबबाट मताधिकार पाएर आएका पदाधिकारीले चुनावमा सहभागिता जनाउँदै छन् ।

एन्फामा ४८ मध्ये ४५ जिल्लासँग मताधिकार रहेको छ भने यस्तै बी डिभिजनबाट ११ क्लब, ४ संघ, राष्ट्रिय लिगका लागि छनोट भएका ४ क्लब, ए डिभिजनका १४ र सी डिभिजनका नौं क्लबसँग मताधिकार रहेको छ ।

himalayan life insurance
igi long