stcnepal long ad
global ime bank long

युभेन्ट्स कोपा इटालियाको फाइनलमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

एजेन्सी । युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो खेलमा फियोरेन्टिनालाई २–० समग्रमा ३–० गोल अन्तरले पराजित गर्दै युभेन्ट्स फाइनलमा पुगेको हो । पहिलो लेगमा युभेन्ट्सले १–०को जित निकालेको थियो ।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउनको लागि फेडरिको बर्नरडेस्ची र डानिलोले समान एक–एक गोल गरे ।

खेलको ३२औं मिनेटमा फेडरिको बर्नरडेस्चीको गोलबाट युभेन्ट्सले सुरुवाती अग्रता लिएको थियो । त्यसपछि इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा डानिलोले गोल गर्दै युभेन्ट्सलाई २(० को जित दिलाए ।

अब युभेन्ट्सले उपाधिको लागि इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ । इन्टर मिलानले एसी मिलानलाई ३–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ । फाइनल ११ मेमा रोममा हुनेछ ।

IME Lifesidebar
kumari