ब्राजिलले बोलिभियालाई ३–० गोल अन्तरले पराजित गरे
एजेन्सी । विश्वकपमा छनोट भइसकेको ब्राजिलले सानदार जित निकालेको छ । बुधबार बिहान भएको विश्वकप छनोट खेलमा ब्राजिलले बोलिभियालाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
ब्राजिललाई सानदार जित दिलाउनको लागि लुकास पिक्वाइटा, रिर्चालिसन र ब्रुनो गुइमारेसले समन एक–एक गोल गरे । ब्राजिलले पहिलो हाफमा दुई गोल गरेका थियो भने दोस्रो हाफमा एक गोल थप्यो ।
खेलेको २४औँ मिनेटमा पिक्वाइटाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा रिर्चालिसनले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे ।
६६औँ मिनेटमा ब्रुनोले गोल गर्दै ब्राजिललाई ३–० ले अघि बढाए । त्यससपछि दुवै टोलिबाट थप गोल हुन सक्दा खेल ब्राजिलले जित्यो ।
यसै वर्ष कतारमा हुने विश्वकपमा स्थन पक्का गरिसकेको ब्राजिलको १७ खेलबाट ४५ अंक जोडेको छ । बोलिभियाले १८ खेलबाट १५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।





















