citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

ए डिभिजन लिग : ब्रिगेडको रोमाञ्चक जित

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रोमाञ्चक जित निकालेको छ । दशरथ रंगशालामा आइतबार भएको खेलमा ब्रिगेडले विभागीय टोली एपीएफ क्लबलाई ३–२ गोलले हरायो ।
ब्रिगेडको रोमाञ्चक जितमा दिनेश राईले दुई तथा सुरज गुरुङले एक गोल गर्नुभयो । एपीएफका आशीष लामा र विक्की तामाङले गोल गरे पनि टोलीको हार टरेन ।

निकै प्रतिस्पर्धात्मक खेलमा ब्रिगेडले ११ औँ मिनेटमा खाता खोलेको थियो । दिनेशले करिब ३५ यार्ड लामो फ्रिकिक प्रहारमा सोझै जाली चुमाउनु भएको थियो । त्यसपछि जोसिएको एपीएफले १७ औं मिनेटमा बराबरी गोल फर्कायो । आशिषले आवास लामिछानेको पासमा उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको थियो ।

त्यसपछि ६५ औँ मिनेटमा दिनेश राईले व्यक्तिगत दोस्रो गोल गर्दै बीबीसीलाई पुनः अग्रता दिलाउनुभयो । उहाँले सुरज गुरुङको पासमा गोल गर्नुभएको थियो ।

७७ औँ मिनेटमा एपीएफका विक्की तामाङले हेडगोल गर्दै खेललाई फेरि २–२ गोलको बराबरीमा ल्याउनुभयो । उहाँले रवि थिङको पासमा गोल गर्नुभएको थियो ।

दोस्रो हाफको इन्जुरी समयमा ब्रिगेडका सुरज गुरुङले गोल गर्दै टिलीलाई महत्वपूर्ण जित दिलाउनुभयो । एपीएफका रक्षकले क्लियर गर्न नसकेको बललाई सुरजले सोझै जाली चुमाउनु भएको थियो । ब्रिगेडका रोशन रानामगर ‘म्यान अफ दी म्याच’ हुनुभयो । लिगमा पहिलो जितसँगै ब्रिगेडले तीन अंक बनाएको छ ।

 

himalayan life insurance
igi long