Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

अन्तिम मिनेटमा गोलकिपरले गोल गरेपछि लिभरपुलले वेष्टब्रमलाई हरायो

civilbank long ad

एजेन्सी । इङ्लिस प्रिमियर लिगमा लिभरपुलले रोमाञ्चक जित हात पारेको छ । अन्तिम मिनेटमा गोलकिपर एलिसोन बेकरले गोल गरेपछि लिभरपुलले वेष्टब्रमलाई २–१ हरायो ।

निर्धारित ९० मिनेटमा खेल १–१ को बराबरीमा थियो, रेफ्रिले पाँच मिनेटको समय थपेपछि लिभरपुलका किपर बेकर पनि वेष्टब्रमकै पोष्टमा पुगेका थिए, उनले ९५ औँ मिनेटमा गोल गरे । जितसँगै लिभरपुल ६३ अंकसहित पाँचौ स्थानमा पुगेको छ र च्याम्पियन्स लिगमा छनौट हुने सम्भावना बढेको छ ।


३ जेठ २०७८, सोमवार ०६:५५ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad