ला लिगा : गेटाफेमाथि बार्सिलोनाको सानदार जित, चम्किए मेस्सी
एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनाले सानदार जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई ५(२ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई सानदार जित दिलाउनको लागि कप्तान लियोनेल मेस्सीको उच्च प्रदर्शन गरे । उनले दुई र एक असिस्ट गरे । त्यस्तै रोनाल्ड एराउजो र एन्टोइन ग्रिजमनले समान एकरएक गोल गरे । एक गोल भने उपहार पाएको थियो । गेटाफेका इनेस युनालले एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।
खेलको आठौं मिनेटमा बार्सिलोनाले कप्तान लियोनेल मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले सर्जियो बुस्क्वेट्सको पासमा गोल गरेका थिए । १२औं मिनेटमा क्लेमेन्ट लेङ्लेटले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियो । २८औं मिनेटमा सोफियन चाक्लाले आत्मघाती गोल गरेपछि बार्सिलोना खेलमा २–१ ले अघि बढ्यो ।
३३औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई ३(१ ले अगाडि बढाए । ६९औं मिनेटमा इनिस युनालले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए । ८७औं मिनेटमा रोनाल्ड एराउजोले मेस्सीको पासमा गोल गर्दै बार्सिलोनालाई ४–२ ले अगाडि बढाए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा एन्टोइन ग्रिजमनले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ५(२ को फराकिलो जित दिलाए ।
सोफियन चाक्लाले पेनाल्टी बक्समा एन्टोइन ग्रिजमनलाई लडाएपछि प्राप्त पेनाल्टीमा कप्तान लियोनेल मेस्सीले ह्याट्रिक गर्ने अवसर रहेपनि उनले ग्रिजमनलाई नै पेनाल्टी प्रहारको मौका दिएका थिए ।
जितसँगै बार्सिलोनाले ३१ खेलबाट ६८ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । शीर्षस्थानको एट्लेटिको म्याड्रिडको ७३ तथा दोस्रो स्थानको रियल म्याड्रिडको ७० अंक छ । दुवै टोलीले ३२ खेल खेलेको छ । पराजित गेटाफे ३१ अंक जोडेर १५औं स्थानमा छ ।























