stcnepal long ad
global ime bank long

लुम्बिनी प्रदेश चेम्बर अध्यक्षमा टंक पोखरेल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

लुम्बिनी । लुम्बिनी प्रदेशश चेम्बर अफ कमर्सको अध्यक्षमा टंकसाद पोखरेल मनोनित हुनु भएको छ । नेपाल चेम्बर्स अफ कमर्सको विधान बमोजिम पोखरेललाई तीन वर्षको कार्यकालका लागि प्रदेश अध्यक्षमा मनोनित गरिएको हो ।

नेपाल कमर्स अफ चेम्बरको अध्यक्ष राजेन्द्र मल्लले पोखरेललाई प्रदेश अध्यक्षको जिम्मेवारी दिइएको पत्र बिहीबार हस्तान्तरण गर्नुभयो । मल्ल्ले पोखरेललाई कार्यकालको सफलताको शुभकामना दिनुभयो । अध्यक्षमा मनोनित पोखरलले चेम्बरको संस्थागत बिकासमा सिंगो प्रदेश लाग्ने प्रतिकृया दिनुभयो ।

‘प्रदेशमा विभिन्न अभियान मार्फत रोजगारी वृद्धि गर्ने र आयआर्जन जोड्नमा ध्यान हुनेछ’ उहाँले भन्नुभयो, ‘चेम्बरको संस्थागत बिकास गर्दै व्यवसायीक एकतामा ध्यान दिनेछौँ। ’रुपन्देहीलाई कर्मथलो बनाई २०५४ सालदेखि चेम्बर अभियानमा संक्रीय पोखरेल रुपन्देही व्यपार संघको २०५४ देखि २०७० सम्म अध्यक्ष हुनुहुन्थ्यो ।

जेसिस शहकारी र शहकारीका समेत कुशल नेतृत्व प्रदान गर्नु भएका पोखरेलले २०४५ सालदेखि बुटवललाई कार्यक्षेत्र बनाई अटोमोवाइल्स, हाइड्रो, बैंकिङ र मेडिकल क्षेत्रमा आफ्नो व्यवसाय बिस्तार गर्नु भएको छ ।

लुमबिनी प्रदेश चेम्बर्स अफ कमर्सको नेतृत्व लिएपछि यस क्षेत्रको गतिविधि चलायमान बनाउन साथै सरकार र निजी क्षेत्रका सेतुको काममा उल्लेख्य प्रगति हुने अपेक्षा यस क्षेत्रका व्यावसायीले गरेका छन् ।

IME Lifesidebar
kumari