stcnepal long ad
ime life insurance
national life
global ime bank long

नयाँ वर्षमा नुवाकोटको शिवपुरी गाउँपालिकामा रेस्लिङको महाभिडन्त हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकास्थित सुर्यचौरमा वैशाख १ गते रेस्लिङको महाभिडन्त हुने भएको छ। आरडब्लु समर स्लाईम अन्तर्गत नयाँ वर्ष २०७८ को अवसरमा आयोजना हुन लागेको प्रतियोगितामा नेपाल रिङ रेसलिङ संघको आयोजना र शिवपुरी गाउँपालिकाको सह आयोजना हुन लागेको हो ।

नयाँ वर्षका दिन दिउँसो २ बजेदेखि सुरु हुने भिडन्तमा हेभी वेट अन्तर्गत राष्ट्रिय रिङ रेस्लिङ विजेता नुवाकोटे टाइगर र चट्टान भिडने छन । त्यस्तै लाइट हेभी तर्फ डेभिड र साइन, हलुका तौलमा एक्स हिरो र सिजे भिड्नेछन्।

महिला तर्फ तानु, दिलसा र डेनिकाबीच भिडन्त हुनेछ भने हार्ड कोर तर्फ द युब र थागु भिड्नेछन् । प्रतियोगितामा बिकास खड्काले रेफ्रीको भूमिका निभाउने छन् ।

आईतवार शिवपुरी गाउँपालिकास्थित सुर्यचौरमा पत्रकार सम्मेलन गर्दै नेपाल रिङ रेसलिङ प्रतियोगिताको वारेमा जानकारी गराएको छ । कार्यकंममा संघकी महासचिव सुर्वण श्रेष्ठ र कोषाध्यक्ष कमल तामाङ लगायात शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा सहित वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो ।

राजधानी काठमाडौदेखि नजिकै रहेको शिवपुरी गाउँपालिकाको पर्यटकीय गन्तव्य सुर्य चौरलाई थप पहिचान दिलाउन नेपाल रिङ्ग रेस्लिङ्ग संघ को आयोजना, गाउँपालिकाको सह आयोजना र राष्ट्रिय खेलकुद परिषद, खेलकुद विकास परिषद बागमती प्रदेश को सहयोगमा उक्त प्रतियोगिता गर्न लागीएको संघले जनाएको छ।

प्रतियोगितामा १६ खेलाडीहरुले ५ वटा समुहमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको लाईट वेट तौल समुहको विजेताले नगद ८ हजार, ट्रिपल थ्रेटले नगद १० हजार, लाईट हेभी वेटको विजेताले नगद १२ हजार, हार्डकोरका विजेताले नगद १५ हजार र हेभी वेट विजेताले नगद २० हजार प्राप्त गर्नेछन ।

IME Lifesidebar
kumari