citizens life insurance long ad
stcnepal long ad

युरोपा लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । युरोपा लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले ग्रानाडालाई २–० गोल अन्तरले पराजित गरेको छ । गएराति भएको खेलमा विजयी भएसँगै म्यानचेस्टर युनाइटेडले सेमिफाइनलको यात्रा बलियो बनाएको छ ।

म्यानचेस्टर युनाइटेडलाई जिताउन रासफोर्डले ३१ औं मिनेटमा र ब्रुनो फर्नान्डेसले ९० औं मिनेटमा १–१ गोल गरेका हुन् ।

खेलको इन्जुरी समयमा फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई २–० को जित दिलाएका हुन् । यस जितसँगै युनाइटेडले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

युनाइटेडको मैदानमा हुने दोस्रो लेग अप्रिल १६ मा हुनेछ । यस्तै आर्सनल र स्लाभिया पार्गबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

IME Life
kumari