citizens life insurance long ad
stcnepal long ad

रोमालाई पराजित गर्दै युभेन्टस तेस्रो स्थानमा उक्लियो

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । इटालियन सिरी ‘ए’ मा युभेन्टसले रोमालाई २–० ले पराजित गरेको छ । गएराति भएको खेलमा युभेन्टसलाई जित दिलाउनको लागि सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले एक गोल गरे भने एक गोल उपहार पाएको थियो ।

खेलको १३ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । उनले अल्भारो मोराटाको पासमा गोल गरेका थिए । खेलको ६९औं मिनेटमा रोजर इवानेजले आत्मघाती गोल गरेपछि युभेन्टस २–० को अग्रता बढायो । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा युभेन्टसले रोमालाई २–० गोल अन्तरले पराजित गर्यो ।

यो जितसँगै युभेन्टस २० खेलबाट ४२ अंक जोडेर रोमालाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ । युभेन्टस शीर्षस्थानको एसी मिलानसँग ५ अंकले तथा इन्टर मिलानसँग ४ अंकले पछि छ । पराजित रोमा ४० अंक जोडेर चौथो स्थानमा झरेको छ ।

IME Life
kumari