citizens life insurance long ad
stcnepal long ad

ब्रेस्टमाथि पीएसजीको सानदार जित

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ब्रेस्टमाथि सानदार जिति निकालेको छ । गएराति भएको खेलमा पीएसजीले ब्रेस्टमाथि ३–० को सहज जित निकालेको हो । माउरिसिओ पोकेतिनोको प्रशिक्षणमा पिएसजीले पहिलो जित दर्ता गरेको हो । पिएसजीको प्रशिक्षका रुपमा पहिलो खेलमा पोकेतिनोले जित नभई बराबरी गर्न सकेका थिए ।

घरेलु मैदानमा पीएसजीलाई सहज जित दिलाउको लागि मोइस किन, मोउरो इकार्डी र पाब्लो सारावियाले समान एकरएक गोल गरे । पीएसजीले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा दुई गोल थप्यो ।

खेलको १६औं मिनेटमा मोइस किनको गोलबाट पीएसजीले अग्रता लिएको थियो । ८१औं मिनेटमा मोउरो इकार्डीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । उनले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए ।

त्यसको दुई मिनेटपछि अर्थात ८२औं मिनेटमा पाब्लो सारावियाले मोउरो इकार्डीको पासमा गोल गर्दै पीएसजीको जित पक्का गरे ।

यो जितसँगै पीएसजी १९ खेलबाट ३९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । समान ३९ अंक भएपनि लिल तेस्रो स्थानमा रहेको छ । शीर्षस्थानको लियोनको ४० अंक छ । पराजित ब्रेस्ट २६ अंकसहित ११औं स्थानमा छ ।

IME Life
kumari