citizens life insurance long ad
stcnepal long ad

शीर्षस्थानको एसी मिलानमाथि युभेन्टसको सहज जित

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । इटालियन ‘सिरी ए’मा विजेता युभेन्टसले शीर्षस्थानमा रहेको एसी मिलानमाथि सहज जित निकालेको छ ।गएराति भएको खेलमो युभेन्टसले मिलानलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

यो हारसँगै मिलानको अपराजित यात्रा पनि सकिएको छ । स्टार फरवार्ड ज्लाटान इब्राहिमोभिच चोटका कारण बाहिर रहेको खेलमा युभेन्टसले जित दर्ता गरेको हो ।

युभेन्टसलाई जित दिलाउनको लागि फेडेरिको किएजाले दुई गोल गरे भने वेस्टन मकेनीले एक गोल गरे । मिलानका डेविड कालाब्रिया गरेको गोल सान्त्वना बन्यो ।

खेलको १८ औं मिनेटमा किएजाले युभेन्टसलाई अग्रता दिलाएका थिए । उनले पाउलो डिबालाको पासमा गोल गरेका थिए । खेलको ४१ औं मिटेनमा कालाब्रियाको गोलबाट मिलान खेलमा फर्कियो ।

दोस्रो हाफको ६२ औं मिनेटमा किएजाले नै युभेन्टसलाई पुनस् अग्रता दिलाए । त्यसको १५ मिनेटपछि वेस्टनले गोल गर्दै युभेन्टसलाई ३–१ को अग्रता दिलाए । त्यसपछि बाकीँ समयमा दुवै टोलीले गोल गर्न नसक्दा खेल युभेन्टसले जित्यो ।

यस नतिजासँगै एसी मिलानले लिगमा पहिलो हार तथा समग्र सिजनमा दोस्रो हार बेहोरेको छ । हारका बाबजुद टोली लगको शीर्षस्थानमा कायम नै छ ।

मिलानको १६ खेलमा ३७ अंक तथा सहरी प्रतिद्वन्द्वी इन्टरको १६ खेलमा ३६ अंक छ । रोमा १६ खेलमा ३३ अंकसहित तेस्रो तथा युभेन्टस १५ खेलमा ३० अंकसहित चौथो स्थानमा छ ।

IME Life
kumari