वरुण हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । वरुण हाइड्रोपावरको ५.२६३% लाभांश सुरक्षित गर्ने आज पुस १५ गते अन्तिम दिन हो । पुस २६ गते वार्षिक साधारण सभा बोलाएको कम्पनीले पुस १६ गते बिहीबार बुक क्लोज गर्दैछ । यसर्थ, आजसम्म कायम सेयरधनीले कम्पनीले वितरण वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् । कम्पनीले गत वर्षको नाफाबाट ५% बोनस सेयर र कर तिर्न ०.२६३% नगद लाभांश दिने निर्णय गरेको हो ।

























