citizens life insurance long ad
stcnepal long ad

शीर्षस्थानको एट्लेटिको मड्रिड रियल मड्रिडसँग पराजित

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड रियल मड्रिडसँग पराजित भएको छ ।

स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा भएको खेलमा घरेलु टोली रियलले २–० गोलअन्तरले जित निकालेको हो । यो हारसँगै एट्लेटिकोको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ ।

रियलाई जित दिलाउनको लागि कासेमिरोले एक गोल गरे भने रियलले एक गोल उपहार पाएको थियो ।

घरेलु मैदानमा भएको खेलमा खेलको १५ औं मिनेटमा रियलले अग्रता बनाएको थियो । टोनी क्रुसको पासमा कासेमिरोले गोल गर्दै रियललाई अग्रता दिलाएको थियो ।

दोस्रो हाफमा रियलले एउटा आत्मघाती गोल उपहारमा पायो । एट्लेटिकोका जन ओल्बाकले खेलको ६३ औं मिनेटमा आत्मघाती गोल गर्न पुग्दा एट्लेटिको २–० ले पराजित हुन पुग्यो ।

यस हारका बाबजुद एट्लेटिको अंक तालिकाको शीर्ष स्थानमा छ । एट्लेटिकोेले ११ खेलमम २६ अंक जोडेको छ । रियल भने १२ खेलमा २३ अंकसाथ तेस्रो स्थानमा रहेको छ ।

IME Life
kumari