citizens life insurance long ad
stcnepal long ad

प्रिमियर लिग : भिल्लामाथि वेष्ट ह्यामको जित

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । वेष्ट ह्याम इंग्लिस प्रिमियर लिग फुटबलको पाँचौँ स्थानमा पुगेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा एस्टन भिल्लालाई २(१ ले पराजित गरेर वेष्ट ह्याम पाँचौँ स्थानमा उक्लिन सफल भएको हो ।

घरेलु मैदानमा भएको खेलमा वेष्ट ह्यामका लागि खेलको दोस्रो मिनेटमै एन्जेलो ओग्बोनाले गोल गरेर सुरुवाति अग्रता दिलाए । २५ औँ मिनेटमा एस्टन भिल्लाका ज्याक ग्रिलेसले बराबरी गोल फर्काए ।

दोस्रो हाफको पहिलो मिनेट अर्थात खेलको ४६ औँ मिनेटमा ज्यारोड बोवेनले गोल गरि वेष्ट ह्यामको जित निश्चित गरेका हुन् । उनले पहिलो गोलका लागि एन्जेलोलाई सहयोग पनि गरेका थिए ।

जितपछि पाँचौँ स्थानको वेष्ट ह्यामको १० खेलबाट १७ अंक भएको छ । समान १७ अंक भएको साउथह्याम्पटन र वुल्भ्स छैटौँ र सातौँ स्थानमा झरेका छन् ।

IME Life
kumari