लामा र थापा निर्णायकमा
काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय निर्णायकद्वय नोर्बु लामा र हीराबहादुर थापाले २०२० वल्र्ड तेक्वान्दो एसिया अनलाइन पुम्सेमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् ।
प्रतियोगिता नोभेम्बर ९ र १० तारिखमा हुने छ । प्रतियोगिताका लागि एसियाली तेक्वान्दो युनियनले उहाँहरुलाई छनोट गरेको बताइएको छ ।
लामा दोश्रो तथा थापा तेश्रो श्रेणीका निर्णायक हुन् । लामाले यसअघि भएको २०२० वल्र्ड तेक्वान्दो एसिया अनलाइन ओपन पुम्सेमा पनि निर्णायकको भूमिका निर्वाह गरेका थिए ।





















