डी मारियाको २ गोलमा पीएसजी सानदार जित
एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मन (पीएसजी ) ले सनदार जित निकालेको छ । शनिबार राति भएको खेलमा रेनसमाथि पीएसजीले ३–० को विजयी हासिल गरेको हो ।
पीएसजीलाई सनदार जित दिलानको लागि एन्जल डी मारियाले दुई गोल र एक असिस्ट उपलब्ध गराएका थिए । एक गोल भने मोइसे केअनले गरेका थिए । चोटका कारण मुख्य फरवार्डद्धय नेयमार र केलियन एमबाप्पे भने टोली बाहिर छन् ।
घरेलु मैदानमा भएको खेलमा मोइसे केअनले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । उनले खेलको ११ औं मिनेटमा डी मारियाको पासमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।
त्यस्तै २१औं मिनेटमा एन्जल डी मारियाले गोल गरे । उनले हेरेराको पासमा गोल गर्दै पहिलो हाफमा पीएसजीलाई २(० को अग्रता दिलाए । दोस्रो हाफमा थप एक गोल पनि उनैले गरे । उनले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन् ।
डाग्बाको पासमा डी मारियाले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३–० को सहज जित दिलाए ।
यस जितसँगै पीएसजीले १० मध्ये आठ खेल जित्दा दुई खेलमा हार व्यहोर्दै २४ अंक जोडेर तालिकाको शीर्ष स्थामा छ । समान खेल खेलेको पराजित रेनेस भने १८ अंकसहित तेस्रो स्थानमा छ । रेनेसले १० खेल खेल्दा पाँच खेलमा जित, तीन बराबरी र दुई खेलमा हार व्यहोरेको छ ।






















