stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

नुवाकोटका दिनेश र काठमाडौंका आशिसलाई स्वर्ण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नुवाकोटका दिनेश गुरुङले दोस्रो राष्ट्रिय भर्चुअल हाप्किडो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । २४ देखि २९ असोजसम्म चलेको भर्चुअल च्याम्पियनसिपको लङफल तर्फ स्वर्ण जितेका हुन् ।

यस विधामा कास्कीका राजकुमार परियार दोस्रो र काठमाडौका प्रकाश मोक्तान तेस्रो बने । कोरोना भाइरस (कोभिड १९) महामारीका कारण नेपाल मार्शल आर्ट्स हाप्किडो संघले ‘भर्चुअल’ रुपमा आयोजना गरिएको यस प्रतियोगितामा खेलाडीहरुले पठाएको भिडियो हेरेर निर्णायकहरुले आफ्नो निर्णय दिएका हुन् ।

हाईफल तर्फ काठमाडौंका आशिस तामाङले स्वर्ण जिते । नुवाकोटका समीर गुरुङले रजत र दाङका बिपत सुनारले काश्य जिते ।
सेल्फ डिफेन्सतर्फ दाङको टोलीले स्वर्ण जित्यो । स्वर्ण जित्ने टोलीमा गंगा घर्तीमगर, सोमराज बिष्ट, शिसिर चौधरी, अस्मिता महरा, गणेश केसी र रीता सुनार रहेका छन् । यस्तै, काठमाडौंको टोली दोस्रो र नुवाकोटको टोली तेस्रो बन्यो ।

काठमाडौंको टोलीमा अम्बिका तामाङ, आशुँ शाह, अनिशा तामाङ, आयूशा तामाङ, सानुमाया तामाङ र डोल्मा लामा रहेका थिए । यस्तै, तेस्रो हुँने नुवाकोटको टोलीमा रन्जिता गुरुङ, शर्मिला गुरुङ, यमराज गुरुङ र राजाराम गुरुङ रहेका छन् ।

डेमोन्स्ट्रेसन तर्फ कृती गिरी, अन्जना परियार, मोनालिसा मल्ल, शितल नेपाली, अनिशा परियार, बिकिसा गुरुङ रहेको कास्कीको टोली पहिलो बन्यो । यस्तै, पश्चिम रुकुमको टोली दोस्रो तथा प्यूठानको टोली तेस्रो बन्यो ।

पूर्वी रुकुमको टोलीमा चेतन वली, निशा बस्नेत, माधव ओली, सुस्मिता श्रेष्ठ र शिसिर भण्डारी तथा प्यूठानको टोलीमा सुमिता केएम, फउडी खत्री, अरुण योगी, सीता खड्का, जीवन परियार, सीता पुन मगर रहेका छन् ।

कोरोना भाइरस महामारी सुरु भएपछि संघले आफ्ना खेलाडीलाई खेलमै सक्रिय बनाइराख्ने प्रयास स्वरुप भर्चुअल रुपमै भए पनि प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ ।

‘हामी निकट भविश्यमै ठूला प्रतियोगिताको आयोजना गर्दैछौं । अवस्था सामान्य भएपछि हाम्रा खेलाडीलाई त्यसरी पनि तयारी बनाउनु पर्ने छ’, संघका अध्यक्ष कालीबहादुर घर्तीमगर भन्छन्, ‘त्यसका साथै खेलाडीहरुलाई आफ्नो खेलमा सक्रिय बनाइराख्ने उदेश्यले पनि भर्चुअल प्रतियोगिताको आयोजना गरिरहेका छौं ।’

 

prabhu mahalaxmi
kumari