stcnepal long ad
global ime bank long

इटालियन ओपन टेनिसको उपाधि जोकोभिचलाई

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

विश्व नम्बर एक नोभाक जोकोभिचले इटालियन ओपन टेनिसको उपाधि जितेका छन् । रोममा सोमबार राति भएको फाइनलमा अर्जेन्टिनाका डिएगो स्वार्टजम्यानलाई पराजित गर्दै जोकोभिचले उपाधि जितेका हुन् । सर्बियन जोकोभिचले डिएगोमाथि ७–५ र ६–३ को सेटमा जित निकाले ।

यससँगै जोकोभिचले पाँचौ पटक इटालियन ओपनको उपाधि जितेका छन् । ३६ औं पटक मास्टर्स उपाधि जितेसँगै उनी यो उपाधि सर्वाधिक धेरै जित्ने खेलाडी पनि बनेका छन् ।

उनले राफायल नाडालको कीर्तिमान भङ्ग गरेका हुन् । नाडालले ३५ मास्टर्स उपाधि जितेका छन् ।

IME Lifesidebar
kumari