citizens life insurance long ad
stcnepal long ad

सिनसिनाटी ओपनको उपाधि जोकोभिचलाई

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिचले वेस्टर्न एण्ड साउदर्न सिनसिनाटी ओपनको उपाधि जितेका छन् ।

न्यूयोर्कमा गएराति भएको फाइनलमा क्यानडाका मिलोस रावनिकलाई हराएर जोकोभिचले उपाधि जितेका हुन् । उपाधि जित्ने क्रममा सर्बियन स्टार जोकोभिचले मिलोसमाथि १–६, ६–३ र ६–४ को सेटमा जित निकाले ।

पहिलो सेट गुमाए पनि ३३ वर्षीय जोकोभिचले उत्कृष्ट पुनरागमन गरेका थिए । महिलातर्फको उपाधि बेलारुसकी भिक्टोरिया अजारेन्काले जितिन् । फाइनल नखेल्दै अजारेन्का च्याम्पियन बनेकी हुन् । फाइनल प्रतिद्वन्दी जापानकी नाओमी ओसाकाले चोटको कारण नाम फिर्ता लिएपछि अजारेन्का च्याम्पियन बनेकी हुन् । बायाँ खुट्टाको ह्यामस्ट्रिङ चोटको कारण ओसाकाले फाइनल त्यागेकी हुन् ।

IME Life
kumari