stcnepal long ad
ime life insurance
national life
global ime bank long

दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। सह–आयोजक क्यानडाले कप्तान स्टेफन युस्ताकियोको इन्ज्युरी समयमा गरेको निर्णायक गोलको मद्दतमा दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

सोफी स्टेडियममा भएको अन्तिम ३२ को प्रतिस्पर्धात्मक खेलमा दुवै टोली पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेका थिए। निर्धारित ९० मिनेटसम्म कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा जाने संकेत देखिएको थियो।

तर इन्जुरी समयको दोस्रो मिनेटमा कप्तान युस्ताकियोले बललाई जाली चुमाउँदै क्यानडालाई ऐतिहासिक जित दिलाए। उनको गोलसँगै क्यानडा अन्तिम १६ मा प्रवेश गर्न सफल भयो भने दक्षिण अफ्रिकाको विश्वकप यात्रा समाप्त भएको छ। अब क्यानडाले अन्तिम १६ मा नेदरल्यान्ड्स र मोरक्कोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

IME Lifesidebar
kumari