stcnepal long ad
ime life insurance
national life
global ime bank long

विश्वकपबाट बाहिरियो आयोजक श्रीलंका

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

न्यूजील्याण्डसँग पराजित भएपछि श्रीलंका जारी टी–२० विश्वकपबाट बाहिरिएको छ । बुधबार सम्पन्न सुपर आठ अन्तर्गतको खेलमा न्यूजील्याण्डले श्रीलंकालाई ६१ रनले पराजित गरेको हो ।

न्यूजील्याण्डले दिएको १६९ रनको लक्ष्य पाएको श्रीलंका २० ओभरमा ८ विकेट गुमाएर १०७ रन मात्र बनाएपछि खेल ६१ रनले हारेको थियो ।

श्रीलंकाका लागि कमिन्दु मेन्डिसले सर्बाधिक ३१ रन बनाए भने दुनिथ वेल्लालागेले २९ रन बनाएका थिए । श्रीलंकाको ब्याटिंग लाइन ध्वस्त पार्न न्यूजील्याण्डका बलर रचिन रविन्द्रले ४ विकेट लिएका थिए भने माट हेनरीले २ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १६८ रन बनाएको थियो । न्यूजील्याण्डका लागि कप्तान मिचेल सान्टनरले ४७ रन, कोल म्याककोनचीएले ३१ रन, रचिन रविन्द्रले ३२ र फिन एलेनले २३ रन बनाएका थिए ।

यो जितपछि न्यूजील्याण्डको २ खेलमा ३ अंक हासिल गरेको छ र सुपर आठको समुह २ मा दोस्रो स्थानमा रहेको छ । यस समुहबाट दुवै खेल जितेर इङल्याण्ड विश्वकपको सेमिफाइनलमा पुगिसकेको छ । अब न्यूजील्याण्डको पनि सम्भावना बलियो रहेको छ । अब आयोजक मध्ये एक रहेको श्रीलंका विश्वकपबाट बाहिरिएको छ ।

IME Lifesidebar
kumari