stcnepal long ad
global ime bank long

टी–२० विश्वकपमा भारतले पाकिस्तानलाई ६१ रनले हरायो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आईसीसी पुरुष टी–२० विश्वकपको समूह ‘ए’ अन्तर्गतको बहुप्रतीक्षित खेलमा भारतले पाकिस्तानलाई ६१ रनले हराएको छ ।

श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा स्टेडियममा हिजो टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन बनायो ।

भारतका लागि ओपनर इशान किशनले आक्रामक ब्याटिङ गर्दै मात्र ४० बलमा ७७ रनको उत्कृष्ट इनिङ्स खेले । उनले आफ्नो इनिङ्समा १० चौका र ३ छक्का प्रहार गरे ।

यस्तै, कप्तान सूर्यकुमार यादवले ३२ रन तथा तिलक वर्माले २५ रनको योगदान दिए । पाकिस्तानका लागि बलिङतर्फ साइम अयुबले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । १ सय ७६ रनको लक्ष्य पछ्याएको पाकिस्तानको शुरूवात निकै खराब रह्यो ।

भारतीय बलरहरूको बलिङसामु पाकिस्तानका ब्याटरहरू क्रिजमा टिक्न सकेनन् र पूरै टोली १७ ओभर ५ बलमा १ सय १४ रनमै अलआउट भयो । भारतलाई जीत दिलाउन जसप्रित बुमराह, वरुण चक्रवर्ती, अक्षर पटेल र हार्दिक पाण्ड्याले समान २–२ विकेट लिए भने कुलदीप यादव र तिलक वर्माले पनि १–१ विकेट लिए ।

७७ रन बनाएका भारतीय ओपनर इशान किशन प्लेयर अफ द म्याच घोषित भए । यस जीतसँगै भारतले प्रतियोगिताको ‘सुपर ८’ चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

यसैगरी, आईसीसी विश्वकपअन्तर्गत हिजै अमेरिकाले नामिबियालाई ३१ रनले पराजित गरेको छ । भारतको चेन्नईमा भएको खेलमा अमेरिकाले दिएको २०० रनको लक्ष्य पछ्याएको नामिबिया ६ विकेट गुमाउदै १६८ रनमा समेटियो ।

विश्वकपअन्तर्गत आज बिहान सवा ११ बजे दिल्लीमा समूह ‘डी’ का अफगानिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) खेल्नेछन् । दिउँसो सवा ३ बजे श्रीलंकाको इडन गार्डेन्स मैदानमा इंग्ल्याण्ड र इटाली तथा बेलुकी सवा ७ बजे पल्लेकेले मैदानमा अष्ट्रेलिया र श्रीलंका खेल्नेछन् ।

IME Lifesidebar
kumari