stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एसिया क्षेत्र २०२६ को सम्मेलन नेपालमा आयोजना हुने नेपाल क्रिकेट सङ्घ -क्यान०ले जनाएको छ।

आगामी वैशाख ३ र ४ गते काठमाडौँमा आइसिसी २०२६ को एसिया क्षेत्रीय सम्मेलन नेपालमा हुने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो।

सम्मेलनमा एसिया क्षेत्रमा क्रिकेटको विकासका लागि रणनीतिक प्राथमिकता, विकास कार्यक्रम, शासन सम्बन्धी विषय र भावी दिशाबारे छलफल हुने क्यानले जनाएको छ।

सम्मेलनमा आइसिसी एसियाका सदस्य राष्ट्रहरूका प्रमुख पदाधिकारी, प्रशासक र प्रतिनिधिहरूको सहभागिता रहने छ।

prabhu mahalaxmi
kumari