stcnepal long ad
national life

जापानलाई ५ विकेटले हराउदै नेपाल सुपर सिक्समा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल जारी टि–२० विश्वकप क्रिकेटको एशिया तथा पूर्वी एशिया प्यासिफिक छनोटमा समूह विजेता बन्दै सुपर सिक्समा प्रवेश गरेको छ ।

ओमान क्रिकेट एकेडेमीमा भएको समूह चरणको आफ्नो दोस्रो खेलमा जापानलाई ५ विकेटले हराउदै नेपाल सुपर सिक्समा पुगेको हो ।

यसअघि बुधवार भएको पहिलो खेर्लमा नेपालले कुवेतलाई ५८ रनले पराजित गरेको थियो । आजको खेलमा जापानले दिएको १३२ रनको विजय लक्ष्य पछ्याउदै मैदानमा उत्रिएको नेपालले १८ ओभर खेल्दै ५ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो ।

नेपालको जितमा आशिफ शेखले सर्वाधिक ३८ रन बनाए । यसैगरी गुल्सन झाले २८ र कुशल भुर्तेलले २१ रनको योगदान दिए ।

जापान विरुद्ध कप्तान रोहित पौडेलले १८ उपकप्तान दीपेन्द्र सिंह ऐरीले १४ सन्दीप जोराले ५ र कुशल मल्लेले ४ रन जोडे । त्यसअघि टस जितेर नेपालले फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३१ रन बनाएको थियो ।

जापान विरुद्ध सन्दीप लामिछाने र गुल्सन झाले समान दुई–दुई विकेट लिदा सोमपाल कामी र नन्दन यादवले समान एक(एक विकेट लिएका थिए ।

जापानले हिजो भएको खेलमा कुवेतलाई ५ विकेटले पराजित गरेकोले आज नेपालसंग हारे पनि जापान पनि सुपर सिक्समा पुगेको छ । सुपर सिक्समा पनि उत्कृष्ट ३ स्थानमा पुग्ने टोलीले आगामी वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछन् ।

gold
kumari bank
kumari
nawakantipur long