एफ ए कपको उपाधि १४ औं पटक आर्सनललाई
काठमाडौं । एफ ए कप फुटबलको उपाधि आर्सनलले हात पारेको छ । गएराति भएको खेलमा चेल्सीलाई २(१ गोलले हराउँदै आर्सनलले १४ औं पटक एफ ए कप फुटबलको उपाधि जितेर कीर्तिमान बनाएको छ ।
खेलको ५ औं मिनेटमै लिएको अग्रता जोगाउन नसक्दा चेल्सी उप(विजेतामा सीमित भयो । चेल्सीका क्रिस्टियन पुलिसिचले खेलको ५ मिनेटमै गोल गर्दै अग्रता दिलाए । तर २८ औं मिनेटमा पाएको पेनाल्टीको फाइदा उठाउँदै आर्सनलका पियर इम्रिक औबामियाङले खेल १–१ को बराबरी गरे ।
त्यसपछि ६७ औं मिनेटमा औबामियाङले फेरि गोल गरेपछि खेल २–१ ले आर्सनलको पक्षमा पारे ।
७३ औं मिनेटमा रातो कार्ड पाएर मार्टियो कोभासिच मैदानबाट निस्किएपछि चेल्सी १० खेलाडीमा सीमित भयो ।


























