stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सेप्टेम्बर १९ देखि आइपिएल युएईमा हुने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । इण्डियन प्रिमियर लिग (आइपिएल) २०२० टी–२० क्रिकेट प्रतियोगिता सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म युएईमा हुने भएको छ। आइपिएलको गभर्निङ परिषद्का अध्यक्ष ब्रिजेस पटेलका अनुसार फाइनल नोभेम्बर ८ वा १० मध्ये एक दिन हुनेछ।

यस पटकको आइपिएल संयुक्त अरव इमिरेट्स (यूएई) मा हुने यस अघि नै निश्चित भएको थियो । आइपिएलका खेल युएईको दुबई, अबुधावी र शारजाह गरी तीन सरहमा हुनेछन्।

वर्षको टी–२० विश्वकप स्थगित भएसँगै आइपिएलका लागि बाटो खुलेको थियो। पटेलका अनुसार आइपिएलको आयोजनाको मितिलाई केहि दिनमै अनुमोदन गरिनेछ।

प्रतियोगिताका लागि सबै फ्रेञ्चाइज टिमलाई स्वास्थ्य सुरक्षा सहित तयारी अवस्थामा रहन भनिएको छ। युएई गएपछि क्वारेन्टिन बस्नु पर्ने नियम बाध्यकारी निमय छैन।

युएई जानुअघि कोरोना भाइरसको नेगेटिभ नतिजा आउनु पर्नेछ। यस्तै त्यहाँ पुगेपछि अर्को परीक्षण हुनेछ।

सो परीक्षणमा पनि नेगेटिभ नतिजा आए क्वारेन्टिनमा बस्नु पर्दैन।

युएईमा हुने आइपिएलको फाइनल नोभेम्बर ८ मा भए ५१ दिनमा ६० खेल हुनेछन्। आइपिएल देश बाहिर तेस्रो पटक हुन लागेको हो । यसअघि सन् २००९ मा आम निर्वाचनको कारण पूरै संस्करण दक्षिण अफ्रिकामा भएको थियो ।

सन् २०१४ मा आमनिर्वाचनको कारण यूएईमा आइपिएलका २० खेल भएका थिए ।

prabhu mahalaxmi
kumari bank
kumari