stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

भाटभटेनी सुपरमार्केट ३×३ कर्पोरेट बास्केटबल सिजन–२ को शीर्ष प्रायोजक घोषणा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गेटसेटगेम – एरोस सोलुसन प्रा. लि. को खेल व्यवस्थापन शाखाले भाटभटेनी सुपरमार्केट ३×३ कर्पोरेट बास्केटबल प्रतियोगिता घोषणा गरेको छ । प्रतियोगिता फागुन १७–१८ गते मम्बा स्पोट्र्स सेन्टर, काठमाडौं मा आयोजना हुँदैछ ।

यो प्रतियोगिता खेलाडीहरू र दर्शकहरूका लागि अविस्मरणीय अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ । १६ कर्पोरेट टोलीहरू लिग–कम–नकआउट ढाँचामा प्रतिस्पर्धा गर्दै उपाधि जित्न मैदानमा उत्रनेछन्। गत वर्षका विजेता इजी सर्भिसेज र उपविजेता भाटभटेनी सुपरमार्केट पुनः आफ्नो उपाधि बचाउन फर्कँदैछन् ।

एरोस सोलुसनका प्रबन्ध निर्देशक, राज जङ्ग थापा, भन्छन्, “हामी भाटभटेनी सुपरमार्केटलाई शीर्ष प्रायोजकको रूपमा स्वागत गर्न पाउँदा गर्व गर्छौं ।

उनीहरूको खेलप्रति प्रतिबद्धता नेपालमा बास्केटबल प्रवद्र्धनका लागि प्रेरणादायी छ।“ यस प्रतियोगिताका थप साझेदार प्रायोजकहरू – पेपे पिज्जा ‘फुड पार्टनर’, ऊप्स, आइ लाइक इट ‘मनोरञ्जन पार्टनर’, मम्बा स्पोट्र्स सेन्टर ‘कोर्ट पार्टनर’, र ह्याम्स अस्पताल ‘मेडिकल पार्टनर’ रहेका छन्।

सबै कर्पोरेट संस्थाहरूलाई आफ्नो टिम दर्ता गर्न र आफ्नो बास्केटबल सीप प्रदर्शन गर्न आमन्त्रण गरिएको छ। सीटहरू पहिलो दर्ता, पहिलो प्राथमिकता आधारमा उपलब्ध गराइनेछ।

टिम दर्ता मिति फेब्रुअरी २४, २०२५ मा बन्द हुनेछ। दर्ताका लागि गेटसेटगेम नेपाल का सामाजिक सञ्जाल पेजहरू भ्रमण गर्न सकिन्छ। यो प्रतियोगिता कर्पोरेट जगतमा खेल भावना र मित्रता प्रवद्र्धन गर्ने उत्कृष्ट प्लेटफर्म हुनेछ।

गेटसेटगेम – एरोस सोलुसनको बारेमाः
गेटसेटगेम – एरोस सोलुसनको खेल व्यवस्थापन शाखा हो, जसले सफल खेलकुद प्रतियोगिता आयोजना गर्ने समृद्ध इतिहास बनाएको छ ।

गत वर्षको न्यु ब्यालेन्स ३×३ कर्पोरेट बास्केटबल सिजन १, सुपर एक्स टी१० क्रिकेट प्रतियोगिता, र केएफसी कर्पोरेट टी१० क्रिकेट प्रतियोगिताका दुई सिजन गेटसेटगेम द्वारा सफलतापूर्वक सम्पन्न गरिएका छन् ।

 

prabhu mahalaxmi
kumari