stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

कोरोनाको कारण यसवर्षको बालोन डी’ओर अवार्ड स्थगित

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । यस वर्ष विश्व फुटबलकै प्रतिष्ठित बालोन डी’ओर अवार्ड स्थगित गरिएको छ । सन् १९५६ यता फ्रान्स फुटबलले प्रदान गर्दै आएको अवार्ड कोरोनाका कारण पहिलो पटक वितरण नहुने भएको हो ।

यसवर्ष प्रदान गरिने अवार्ड स्थगित गर्ने निर्णय गरिएको फ्रान्स फुटबल म्यागेजिनले जनाएको छ । कोरोनाले फुटबल गतिविधिलाई असर गरेकाले सहि मूल्याङ्कन गर्न नसकिने फ्रान्स फुटबलले जनाएको छ ।

म्यागेजिनले प्रत्येक वर्ष उत्कृष्ट एकजना फुटबल खेलाडीलाई यो अवार्ड प्रदान गर्दै आइरहेको थियो ।गत वर्षको अवार्ड स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन सुपरस्टार लिओनल मेसीले जितेका थिए ।

मेसी सर्वाधिक ६ पटक यो अवार्ड जित्ने खेलाडी हुन् । इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पाँच पटक अवार्ड जितेका छन् । फ्रान्स फुटबलले २०२१ देखि अवार्डलाई निरन्तरता दिने बताएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari