citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

पाकिस्तानलाई पराजित गरेसँगै नेपाल सेमिफाइनलमा प्रवेश

kumari bank
Prabhu Insurance Long Ad
global bank

यू–१९ महिला एसिया कपमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको छ । यो जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार २ खेलमा पाकिस्तान पराजित भएसँगै नेपालले समूह ‘ए’ बाट सेमिफाइनलमा स्थान बनाएको हो ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालका लागि कप्तान पूजा महतोले नटआउट ४७ रन बनाइन् । ४७ बल सामना गरेकी उनले ३ चौकासमेत प्रहार गरिन् । त्यस्तै साना परवीनले १०, सोनी पाख्रिनले १३ र सिमाना केसीले नटआउट १२ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ‘ब्याटिङ’ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो । पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३८ बनाइन् ।

बलिङतर्फ नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक दुई विकेट लिइन् । यस्तै, रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले एकरएक विकेट लिए । नेपालले अब भोलि भारतसँग प्रतिस्पर्धा गर्नेछ ।।

gold
himalayan life insurance long ad