stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

शीर्ष स्थानको बार्सिलोना पराजित

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । स्पेनिस ला लिगको शनिबार राति भएको खेलमा तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोना पराजित भएको छ। अंक तालिकाको पुछारबाट उठ्न सङ्घर्ष गरिरहेको लास पल्माससँग बार्सिलो २(१ ले पराजित भएको हो।

स्थापनाको १२५ औं वर्षगाँठ मनाइरहेको घरेलु टोली बार्सिलोना ४९ औँ मिनेटमा सान्ड्रे रामिरेजको गोलमा पछि परेको हो। त्यसको १२ मिनेटपछि बार्सिलोनाका कप्तान राफिन्हाले बराबरी गोल गरेका थिए।

खेलको ६७ औँ मिनेटमा लोनमा उल्भ्सबाट लास पल्मास पुगेका फावियो सिल्भाले गोल गर्दै अग्रता बढाएका हुन्। यस संस्करणमा उनको यो पाँचौँ गोल हो। जितपछि लास पल्मास १५ अङ्कसहित तालिकाको १४ औँ स्थानमा उक्लिएको छ।

१५ खेलमा ३४ अंक रहेको बार्सिलोना तालिकाको शीर्ष स्थानमा छ। १५ खेलमा ३२ अंक भएको एट्लेटिको म्याड्रिड दोस्रो तथा १३ खेलमा ३० अंक रहेको रियल म्याड्रिड तेस्रो स्थानमा छन्।

शनिबार नै भएको खेलमा रियल भालाडोलिडमाथि एट्लेटिको म्याड्रिडले शानदार जित हात पारेको छ। विजयी टोलीका लागि रोड्रिगो डी पाउल, लेमेन्ट लेन्गलेट, जुलियन अल्भारेज, एन्टेनियो ग्रिजम्यान र अलेक्जेन्डर सरलोथले गोल गरे। भालाडोलिड ९ अंक सहित तालिकाको पुछारमा छ।

शनिबार राति भएको अर्को खेलमा इस्पानियोलले सेल्टा भिगोलाई ३–१ ले हरायो भने डेपोर्टिभो अल्भास र लेगानेसबिचको खेलमा १–१ गोलको बराबरी खेलेको छ। सेल्टा भिगो १८ अंकसहित तालिकाको ११ औँ तथा इस्पानियोल १३ अंकसहित १७ औँ स्थानमा छन्।

prabhu mahalaxmi
kumari bank
kumari