citizens life insurance long ad
stcnepal long ad

१९ बर्ष मुनिका नेपाली महिला क्रिकेट टिम पहिलो पटक विश्वकपमा छनोट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । १९ बर्ष मुनिका नेपाली महिला क्रिकेट टिम पहिलो पटक विश्वकपमा छनोट भएको छ ।छनोट खेलमा घरेलु टिम यूएईलाई ८ विकेटले हराउँदै नेपालले आगामी वर्ष मलेसियामा हुने आईसीसी यु–१९ टी–२० महिला विश्वकप खेल्ने भएको हो ।

यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि ओपनर सना प्रविनले अविजित रहँदै सर्वाधिक रन ३५ बनाइन् ।

त्यस्तै कप्तान पूजा महतोले १८ बलमा २१ रनको योगदान दिइन् । साबित्री धामीले १२ रन बनाइन् ।टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो ।

यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन् । त्यस्तै रिनिथा रञ्जितले २० रन बनाइन् भने ‌‌ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाए । नेपालका लागि कृष्मा गुरुङले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिइन् ।

उनले कप्तान धर्निधरका सहित ३ खेलाडीलाई एकै ओभरमा आउट गराएकी थिइन् । नेपालका रिया शर्मा र सीमा केसीले २(२ विकेट लिँदा रचना कुमारी चौधरीले १ विकेट लिइन् ।

 

IME Life
kumari