stcnepal long ad
ime life insurance
global ime bank long

१९ बर्ष मुनिका नेपाली महिला क्रिकेट टिम पहिलो पटक विश्वकपमा छनोट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । १९ बर्ष मुनिका नेपाली महिला क्रिकेट टिम पहिलो पटक विश्वकपमा छनोट भएको छ ।छनोट खेलमा घरेलु टिम यूएईलाई ८ विकेटले हराउँदै नेपालले आगामी वर्ष मलेसियामा हुने आईसीसी यु–१९ टी–२० महिला विश्वकप खेल्ने भएको हो ।

यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि ओपनर सना प्रविनले अविजित रहँदै सर्वाधिक रन ३५ बनाइन् ।

त्यस्तै कप्तान पूजा महतोले १८ बलमा २१ रनको योगदान दिइन् । साबित्री धामीले १२ रन बनाइन् ।टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो ।

यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन् । त्यस्तै रिनिथा रञ्जितले २० रन बनाइन् भने ‌‌ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाए । नेपालका लागि कृष्मा गुरुङले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिइन् ।

उनले कप्तान धर्निधरका सहित ३ खेलाडीलाई एकै ओभरमा आउट गराएकी थिइन् । नेपालका रिया शर्मा र सीमा केसीले २(२ विकेट लिँदा रचना कुमारी चौधरीले १ विकेट लिइन् ।

 

prabhu mahalaxmi
kumari