stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

नेपालले आज कुवेतसँग खेल्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आईसीसी अन्डर नाइन्टिन महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दैछ। यूएईस्थित सेभेन्स स्टेडियममा खेल नेपाली समय अनुसार आज बिहान सवा ११ बजे सुरु हुनेछ।

यसअघि आइतबार भएको खेलमा नेपालले आफ्नो चौथो खेलमा आइतबार थाइल्यान्डलाई १ सय ६ रनको विशाल अन्तरले पराजित गरेको थियो। पहिलो खेलमा नेपालले कुवेतलाई १०८ रनले पराजित गरेको थियो।

प्रतियोगितामा नेपालसहित घरेलु टोली यूएई, थाइल्यान्ड र कुवेत सहभागी छन्। सहभागी चार टोली मध्ये डबल राउन्ड रोविनका आधारमा शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी यू–१९ महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ।

नेपालले अन्तिम खेल बिहीबार यूएईसँग खेल्नेछ। नेपाल युएईसँग १३ रनले पराजित भएको थियो। प्रतियोगिता अन्तरगत मंगलबार अपरान्ह यूएई र थाइल्याण्ड भिड्ने छन्। यूएई जारी प्रतियोगितामा अपराजित टोली हो।

prabhu mahalaxmi
kumari