stcnepal long ad
himalayan life insurance long ad

कार्तिक १४ मा पारालोम्पिक सेमिनार हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। नेपाल पाराओलम्पिक कमिटीको आयोजनामा यही कार्तिक १४ गते अर्थात अक्टोबर ३० तारेखका दिन काठमाडौं दरवारमार्गको होटल ल्याण्डमार्कमा विभिन्न देशका पारालोम्पिक कमिटीहरूको सहभागितामा पारालोम्पिक खेललाई अझ सशक्त बनाउन सेमिनार हुँदैछ।

यस सेमिनारमा नेपाल पारालोम्पिक कमिटिका अध्यक्ष,पदाधिकारी,सदस्य, विभिन्न विषयगत खेलका कमिटी,क्याप्टेन,कोच र राष्ट्रिय खेलाडीहरू सहभागी हुने नेपाल पारालोम्पिक कमिटी (एनपिसी) का कोषाध्यक्ष ओमनाथ शिवाकोटीले जानकारी दिनु भएको छ। शारीरिक रूपमा अशक्त,अपांग र विशेष क्षमता भएका खेलाडीहरूको अन्तर्राष्ट्रिय पारालोम्पिक खेल हुँदै आएको छ।

गत भदौ महिनामा फ्रान्समा भएको पेरिस २०२४ पाराओलम्पिकमा पलेशा गोवर्धनले काँस्य पदक जितेकी थिइन। गत भदौ १५ मा पेरिस पारा ओलम्पिक्सअन्तर्गत पारा तेक्वान्दोमा नेपालकी राष्ट्रिय खेलाडी पलेशा गोवर्धनले ऐतिहासिक काँस्य पदक जितेकी थिइन् ।

के–४४ महिला ५७ केजीमुनि तौल समूहमा काँस्य पदक जित्दै पलेशाले नेपाली खेलकुद इतिहास रचेकी थिइन् ।

कुनै पनि ओलम्पिकमा आधिकारिक पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् । यसले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन ठुलो योगदान दिएको छ।

काँस्य पदकका लागि भएको रिपेचेजमा पलेशाले सर्बियाकी मारिजा मिकेभलाई १५–८ ले पराजित गरेकी थिइन् ।

सुरुवाती २ मिनेटमा ३–० ले पछि परेकी पलेशाले त्यसपछि उत्कृष्ट पुनरागमन गरेकी थिइन् । खेल सकिन १ मिनेट ५ सेकेन्डको समय बाँकी रहँदा खेल ७–७ को बराबरी अवस्थामा थियो । तर अन्तिम मिनेटमा निकै आक्रामक खेल प्रदर्शन गरेकी पलेशाले १५–८ को सानदार नतिजा हात पार्दै इतिहास रच्न सफल भएकी थिइन् ।

पलेशाले रिपेचेजको पहिलो खेलमा घरेलु खेलाडी फ्रान्सकी सोफी काभरजानलाई २–१ को पराजित गरेकी थिइन् ।

उनी अन्तिम ८ मा विश्व नम्बर एक ब्राजिलकी सिल्भाना मायारा कार्डोसो फर्नान्डेससँग पराजित भएकी थिइन् भने राउन्ड आफ १६ को खेलमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० को फराकिलो अन्तरले पराजित गरेकी थिइन ।

यो खेल जितेसँगै पलेशाले नेपाल सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी थिइन् ।पलेशाका प्रशिक्षक कविराज नेगी लामाले ५ लाख ८५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए ।

त्यस्तै नेपाल तेक्वान्दो संघले ११ लाख ९२ हजार रुपैयाँ प्राप्त गरेको थियो । यस अघि तेक्वान्दोका भरत सिंह महता के–४४, पुरुष ५८ के.जी मुनि तौल समूह अन्तर्गत राउन्ड अफ १६ जापानका मित्सुया टनाकासँग १९(३ ले पराजित भएका थिए ।

पेरिस पारालोम्पिकमा सहभागी नेपालका तेस्रा खेलाडी भीम बहादुर कुमालले पनि पुरुषको ५० मिटर फ्रीस्टाइल एस नाइन क्याटगोरीमा आफ्नो चुनौती प्रस्तुत गरेका थिए।

नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयबाट चौथो एशियन पारा गेम्समा काश्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई तेह्र लाख रुपैयाँ, प्रशिक्षक कविराज नेगी लामालाई दुई लाख साठ्ठी हजार रुपैयाँ र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई एक लाख तीस हजार रुपैयाँ नगद सहित सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो।