citizens life insurance long ad
stcnepal long ad
national life

नेपाली महिला भलिबल टिमका खेलाडीलाई जनही ५० हजार दिइने

Prabhu Insurance Long Ad

काठमाडौँ । काभा महिला भलिबल नेसन्स लिगमा दोस्रो भएको नेपाली महिला भलिबल टिमका खेलाडीलाई नेपाल भलिबल संघले जनही ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

संघको कार्यसमिति बैठकले खेलाडीलाई नगद पुरस्कार दिने निर्णय गरेको हो । नेपाली महिला भलिबल टिमले लिग चरणमा भारतलाई हराए पनि फाइनलमा पुनः भारतसँग नै ५ सेटको प्रतिस्पर्धात्मक खेलमा पराजित भएको थियो ।

दोस्रो  भएको  महिला भलिबल  टिमका खेलाडीलाई संघले ५० हजारका दरले सम्मान गर्न लागेको हो । यस्तै, माल्दिभ्समा भएको यु(ट्वेन्टी काभा महिला भलिबल प्रतियोगितामा कास्य पदक हात पारेको नेपाली टिमका सदस्यलाई जनही १५ हजार तथा भुटानमा भएको काभा विच भलिबल प्रतियोगितामा स्वर्ण पदक हात पारेका महिला टिमकी कमला पुन र मनीषा चौधरीलाई जनही ६० हजार रुपैयाँ दिइने भएको छ ।

यस्तै, विच भलिबलमै पुरुषतर्फ रजत पदक हात पारेका मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनुवारलाई जनही ३० हजारका दरले पुरस्कार दिने भलिबल संघले जनाएको छ ।

संघले काभा महिला भलिबल नेसन्स लिगबाट उठेको ३५ लाख रुपैयाँ खेलाडीकै लागि खर्च गर्ने घोषणा अनुरूप यो पुरस्कार दिन लागेको हो ।

तर, पुरस्कार कहिले वितरण गर्ने भन्ने कुरा संघले सार्वजनिक गरेको छैन । यस्तै, काभा महिला नेसन्स लिगकै लागि सरकारले छुट्याएको २५ लाख पनि अहिलेसम्म संघले प्राप्त गर्न सकेको छैन ।

himalayan life insurance
igi long